१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पूजा र आकाश अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’ को ट्रेलर सार्वजनिक


312
Shares

काठमाडौं । निर्देशक सुदर्शन थापाद्वारा निर्देशित नेपाली फिल्म ‘सम्हालिन्छ कहिले मन’ को ट्रेलर सार्वजनिक भएको छ ।

भदौ १७ गतेदेखि रिलिज हुने फिल्ममा आकाश श्रेष्ठ, पूजा शर्मा र सोनम तोप्देनको मुख्य भूमिका छ । फिल्ममा उनीहरुसँगै गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । गायक समेत रहेका सोनमले यो फिल्मबाट अभिनयमा डेब्यु गर्दैछन् । फिल्ममा सोनम, पूजा र आकाशबीचको त्रिकोणात्मक प्रेम सम्बन्धलाई दर्शाउन खोजिएको छ ।

शुक्रबार सार्वजनिक भएको २ मिनेट ५५ सेकेन्ड लामो ट्रेलरमा पूजा, सोनम र आकाशको प्रेम जीवनमा आउने उतार चढावलाई प्रस्तुत गरिएको छ । ट्रेलरमा प्रेमिल र वियोगान्त संवादलाई समेटिएको छ ।

एवि इन्टरनेशनलको ब्यानरमा निर्माण भएको फिल्मको कथा महेश दवाडीले लेखेका हुन् भने सौरभ लामाले छायांकन गरेका छन् ।

फिल्मको निर्मातामा अमित बस्नेत, सह-निर्मातामा परी राना र अजितकुमार थापा र कार्यकारी निर्मातामा सनिस खकुरेल र अंकित गौतम रहेका छन् ।