१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ऋतिक रोशनकी पूर्वपत्नी सुजैन र प्रेमी अर्सलान विवाह गर्दै


3.575k
Shares

एजेन्सी । बलिउड सुपरस्टार ऋतिक रोशनकी पूर्वपत्नी सुजैन खान र प्रेमी अर्सलान गोनीले विवाह गर्ने भएका छन् ।

सुजैन र अर्सलान गोनी लामो समयदेखि एक अर्काको प्रेममा छन् । उनीहरू विभिन्न पार्टी र डिनरमा सँगै देखिन्छन् । हालै उनीहरू सँगै बिदा मनाउन गएका थिए जसका तस्वीरहरु सामाजिक सञ्जालमा निकै भाइरल भएका थिए ।

दुई सन्तानकी आमा सुजैन खानले ऋतिक रोशनसँगै आफ्ना सन्तानलाई आधुनिक पेरेन्टिङमार्फत हुर्काउँदै छिन् ।

भारतीय सञ्चार माध्यमका अनुसार अब छिटै नै सुजैन र अर्सलान विवाह गर्ने भएका छन् । सुजैन र अर्सलान आफ्नो बाँकी जीवन सँगै बिताउन चाहन्छन् र उनीहरू विवाह गर्न चाहन्छन् । उनीहरूले आफ्नो विवाहको लागि गम्भीरताका साथ सोचेका छन् । उनीहरूले एकदमै साधारण तरिकाले विवाह गर्ने समाचारमा उल्लेख गरिएको छ ।

ऋतिक र सुजैनले सन् २००० मा विवाह गरेका थिए । तर, उनीहरूको सम्बन्ध लामो समय टिक्न सकेन । ऋतिक र सुजैनले सन् २०१३ मा सम्बन्धविच्छेद गरे । अलग भए पनि दुवैले आफ्ना छोराहरू रेहान र रिदानलाई सँगै हुर्काएका छन् ।

सुजैन र अर्सलानको विवाह अघि ऋतिक र उनको प्रेमिका सबा आजादको विवाहको चर्चा पनि चलेको थियो । तर, अहिलेसम्म उनीहरूले विवाह गर्ने कि नगर्ने भन्ने निर्णय गरेका छैनन् ।