
एजेन्सी । अमेरिकी एक महिलाले विश्वकै सबैभन्दा लामो नङ पालेर कीर्तिमान बनाएकी छिन् ।
मिनेसोटाकी ६३ वर्षीया डायना आर्मस्ट्रङले नङ पालेर विश्व कीर्तिमान बनाएकी हुन् ।
विगत २५ वर्षदेखि नङ पाल्दै आएकी डायनाको दुवै हातका नङको कुल लम्बाइ ४२ फिट १० दशमलव ४ इन्च लामो रहेको गिनिज वर्ल्ड रेकर्डले जनाएको छ ।
उनको दायाँ हातको बुढी औँलाको नङ ४ फिट ६ दशमलव ७ इन्च लामो छ । उनले पछिल्लो पटक सन् १९९७ मा नेलकटर प्रयोग गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्