
एजेन्सी । ताइवानको रक्षा मन्त्रालयसँग सम्बद्ध प्रमुख अधिकारी याङ ली–सिङको शव शनिबार एउटा होटलको कोठामा भेटिएको छ ।
समाचार एजेन्सी रोयटर्सले ताइवानको आधिकारिक केन्द्रीय समाचार एजेन्सीलाई उद्धृत गर्दै उनको हृदयघातका कारण मृत्यु भएको जनाएको छ ।
याङ लि– सिङ सैन्य स्वामित्वमा रहेको चुङ सान इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी, रक्षा मन्त्रालयको अनुसन्धान र विकास शाखाका उपप्रमुख थिए ।
५७ वर्षीय याङको हृदयघातका कारण मृत्यु भएको र उनको कोठामा ‘घुसपैठ’को कुनै संकेत नदेखिएको अधिकारीहरूले बताएका छन् । उनको मुटुसम्बन्धी समस्या रहेको परिवारले जनाएका छन् ।
याङ लि सिंह दक्षिणी काउन्टी पिङतुङमा व्यापारको लागि गएका थिए । उनले यस वर्षको सुरूमा धेरै मिसाइल उत्पादन परियोजनाहरूको निरीक्षण गर्न उपप्रमुखको रूपमा पदभार ग्रहण गरेका थिए ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार ताइवानले चीनबाट बढ्दो खतरालाई ध्यानमा राख्दै यस वर्ष आफ्नो वार्षिक मिसाइल उत्पादन क्षमतालाई दोब्बरभन्दा बढी पुर्याउनका लागि काम गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्