१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मन्त्रालयसँग सम्बन्धित क्षेत्र उत्साहित हुनेगरी काम गर्ने मन्त्री कुँवरको प्रतिवद्धता


208
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आफ्नो मन्त्रालयसँग सम्बन्धित क्षेत्र उत्साहित हुनेगरी आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

मन्त्री कुँवरले मन्त्रीको रूपमा आफूले पाएको जिम्मेवारी अस्थायी भए पनि सो पदमा बसुन्जेल सम्बन्धित क्षेत्रलाई उत्साहित तुल्याउने गरी काम गर्ने बताउनुभएको हो ।

राष्ट्रिय नागरिक विकास समाजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले नेपाल राष्ट्र र नेपाली जनताको हितका लागि आफूले सक्दो योगदान पुर्‍याउने आश्वासन समेत दिनुभयो ।

मन्त्री कुँवरले सरकारलाई सही बाटोमा हिँडाउने काममा नागरिक समाजका अगुवाहरुको भूमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

मन्त्री कुँवरले देश र जनताको हितमा सबैले आ–आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउन जरुरी रहेको भन्दै सामाजिक क्षेत्रका विविध विषयका विज्ञहरूको राय र सुझावको आधारमा कार्यसम्पादन गर्ने बताउनुभयो ।