१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


क्रोएसियामा बस दुर्घटना, १२ जनाको मृत्यु


3.003k
Shares

एजेन्सी । क्रोएसियामा भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।

पोल्याण्डका पर्यटक बोकेर बोस्नियाको क्याथोलिक तीर्थस्थल मेदजुगोर्जेमा जाँदै गरेको बस दुर्घटना परेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

दुर्घटनामा परी ११ जनाको घटनस्थलमा नै मृत्यु भएको थियो भने १ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

बसमा रहेका अन्य ३१ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको सुरक्षा अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

बसमा सवार सबै यात्रु पोल्याण्डका नागरिक रहेको त्यहाँको विदेश मन्त्रालयले जनाएको छ ।

क्रोएसियाका प्रधानमन्त्री एन्ड्रेज प्लेन्कोभिचले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।