१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चेल्सीको संघर्षपूर्ण जित


130
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा नयाँ सिजनको पहिलो खेलमा चेल्सीले संघर्षपूर्ण जित निकालेको छ ।

शनिबार राति भएको खेलमा चेल्सीले एभर्टनलाई १–० ले पराजित गरेको हो ।

एभर्टनको मैदानमा भएको खेलमा चेल्सीका लागि जोर्गिन्होले निर्णायक गोल गरे । पहिलो हाफको इन्जुरी समयमा जोर्गिन्होले पेनाल्टीबाट गोल गरेका थिए ।

जितसँगै चेल्सीले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।