
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले विजयी सुरूवात गरेको छ ।
घरेलु मैदानमा शनिबार भएको खेलमा साउथह्याम्पटनलाई ४–१ ले पराजित गर्दै टोटनह्यामले सिजनको सुखद सुरूवात गरेको हो ।
एकतर्फी खेलमा टोटनह्यामलाई विजयी गराउन सेसेयोङ, डायर र कुलुसेभ्स्कीले एक एक गोल गर्दा साउथह्याम्प्टनका मोहम्मद सालिसुले एक आत्माघाति गोल गरेका थिए । साउथह्याम्प्टनका लागि कप्तान जेम्स वार्ड प्राउजले एक गोल गरे ।
खेलको १२ औं मिनेटमा प्राउजले गोल गर्दै साउथह्याम्पटनलाई सुरुवाती अग्रता दिलाएका थिए । २१ औं मिनेटमा टोटनह्यामका सेसेयोङले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । ३१ औं मिनेटमा डायरको गोल गर्दै टोटनह्यामलाई २–१ को अग्रता दिलाए ।
६१ औं मिनेटमा साउथह्याम्प्टनका सालिसुले आफ्नै पोस्टमा गोल गरेपछि टोटनह्याम ३–१ ले अघि बढ्यो । त्यसको एक मिनेट नबित्दै कुलुसेभ्सकीले गोल गर्दै ४–१ को जित दिलाए ।
जितसँगै टोटनह्यामले पहिलो खेलमै ३ अंक जोडेको छ ।
प्रतिक्रिया दिनुहोस्