२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


पीएसजीको विजयी सुरुवात


208
Shares

काठमाडौं । पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा विजयी सुरुवात गरेको छ ।

शनिबार राति नयाँ सिजनको पहिलो खेलमा क्लेरमन्ट फुटलाई ५–० ले पराजित गर्दै पीएसजीले विजयी सुरुवात गरेको हो ।

पीएसजीका लागि लियोनल मेस्सीले दुई तथा नेयमार, अचरफ हाकिमी र कप्तान मार्किन्हसले एक एक गोल गरे ।

खेलको नवौं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । २६ औं मिनेटमा हाकिमीले गोल गर्दै पीएसजीलाई दोब्बर अग्रता दिलाए । ३८ औं मिनेटमा मार्किन्हसले गोल गर्दै पीएसजीलाई ३–० को अग्रता दिलाए । ८० औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई ४–० ले अघि बढाए । त्यसपछि ८६ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ५–० को जित दिलाए ।

जितसँगै पीएसजीले सिजनको पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।