१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फिल्म ‘सर्कस’ को छायांकन सम्पन्न रणवीर दोहोरो भूमिकामा


364
Shares

एजेन्सी । न्यूड फोटोसुटका कारण विवादमा परेका बलिउड अभिनेता रणवीर सिंह अभिनित फिल्म ‘सर्कस’ को छायांकन सम्पन्न भएको छ ।

अभिनेता रणवीरले रोहित शेट्टीद्वारा निर्देशित फिल्म ‘सर्कस’ को अन्तिम शेड्युलको सुटिङ पूरा गरिसकेका छन् । ‘सर्कस’ मा रणवीरका अलावा पूजा हेगडे, ज्याकलिन फर्नान्डिज, वरुण शर्मा लगायतको मुख्य भूमिका रहेको छ ।

भर्खरै छायांकन सकिएको फिल्मको प्रि क्लाइमेक्स पार्ट थियो । जसमा अभिनेता रणवीरले सर्कसको स्टेजमा जादूगरको भूमिका निभाएका छन् । रणवीर बाहेक फिल्ममा अन्तर्राष्ट्रिय कलाकार साइक्लर, जुगलर, जोकरको पनि अभिनय रहेको छ ।

निर्देशक शेट्टीले फिल्ममा वास्तविक जीवनका सर्कस जिमनास्टहरूलाई फिल्ममा लिएका छन् । यो फिल्म आगामी डिसेम्बर २३ मा क्रिसमसको दिन पारेर रिलिज हुने निर्माण पक्षले बताएको छ ।फिल्म ‘सर्कस’ मा रणवीर दोहोरो भूमिका रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।रणवीरले हालै गरेको नग्न फोटोसुटका कारण उनी कानुनी कारबाहीमा परिरहेका छन् ।