
काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आणविक बम खसेको हिरोशिमा शहरस्थित शान्ति स्मृति सङ्ग्रहालयको अवलोकन गर्नुभएकाे छ ।
उहाँ पाँच दिने भ्रमणका लागि जापानमा रहनुभएकाे छ । आइतबार साेही सङ्ग्राहलयकाे अवलोकन गर्नुभएकाे उहाँकाे सचिवालयले जनाएको छ । सङ्ग्रहालय क्षेत्रकाे अवलोकन गरेपछि उहाँले केही तस्बिर समेत खिचाउनुभएकाे थियाे ।
७७ वर्षअघि अमेरिकाले हिरोशिमामा परमाणु बम खसालेको थियो । यो आक्रमणमा हिरोशिमाका ३ लाख ५० हजार जनसंख्या मध्ये १ लाख ४० हजारको मृत्यु भएको थियो । बम विस्फोटपछि एशियामा युद्ध समाप्त भएको थियो । १४ अगस्ट १९४५ मा जापानले आत्मसमर्पण गरेको थियो ।
नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा उहाँ गत शुक्रबार जापान जानुभएकाे थियाे । अध्यक्ष प्रचण्ड यही साउन २५ गते स्वदेश फर्किने कार्यक्रम रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्