२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

केकी र आँचल अभिनित फिल्म ‘झिँगेदाउ’ को ट्रेलर सार्वजनिक


559
Shares

काठमाडौं । अभिनेत्रीद्वय केकी अधिकारी र आँचल शर्मा अभिनित फिल्म ‘झिँगेदाउ’ को ट्रेलर सार्वजनिक भएको छ ।

आइतबार सार्वजनिक गरिएको ३ मिनेट लामो ट्रेलरमा एउटा परिवारभित्रको कथालाई प्रस्तुत गरिएको छ । ट्रेलरमा अत्यन्तै मिल्ने दुई दाजुभाइको जीवनमा विवाहपछि आउने उतारचढावलाई प्रस्तुत गरिएको छ ।

फिल्ममा केकी र आँचलका अलावा मुकुन भुषाल, कुशल बिष्ट, हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्कालगायतको अभिनय रहेको छ । फिल्ममा केकी र आँचल जेठानी देवरानीको भूमिकामा छन् भने मुकुन र कुशल दाजुभाइको भूमिकामा रहेका छन् ।

विवाह भएपछि परिवार भाँड्न समाजका केही व्यक्तिको खेललाई फिल्मको कथाको रूपमा प्रस्तुत गरिएको छ ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्म ‘झिँगेदाउ’ भीमनिधि तिवारीको नाटकमा आधारित छ । कपनगडी सिनेमा र क्रिउ नेपालको ब्यानरमा निर्माण भएको फिल्म भदौ १७ गतेदेखि प्रदर्शनको तयारीमा रहेको छ ।

सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको ‘झिँगेदाउ’को सह निर्मातामा सुशिल दाहाल र ईश्वर घिमिरे रहेका छन् । प्रदीप भारद्वाजको पटकथा तथा संवाद रहेको ‘झिंगेदाउ’मा अर्जुन पोखरेलको संगीत, विष्णु कल्पितको छायांकन र मित्र डि गुरुङले सम्पादन गरेका हुन् ।