
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५ सय ५३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ८९ जनाको नमूना परीक्षण गरिएको थियो ।
२ हजार ४० जनाको पीसीआर र १ हजार ७ सय ४९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ५ सय ५३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आइतबार ४ सय ३३ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ हजार ६ सय ५९ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्