
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमणको गति तीव्र भएको छ ।
आइतबार त्यहाँ एकै दिन २ हजार ४ सय बढी काेराेनाका नयाँ संक्रमित फेला परेका हुन् । यो संख्या ६ महिना यताकै बढी हो । संक्रमणको दर १२ प्रतिशत माथि पुगेको नयाँ दिल्लीका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । निको हुने दर भने अहिले पनि १४ प्रतिशत रहेको छ ।
गत साता काेराेना संक्रमणको दर यसको आधा मात्रै थियो । भारतमा संक्रमण दर बढेसँगै मृत्यु दरमा पनि वृद्धि भएको छ ।
प्रतिक्रिया दिनुहोस्