१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फिल्म ‘उचाई’ को फस्टलुक पोस्टर सार्वजनिक


559
Shares

एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चनको आगामी फिल्म ‘उचाई’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ ।

अमिताभ बच्चनले अन्तर्राष्ट्रिय मित्रता दिवस २०२२ को अवसरमा सामाजिक सञ्जालमा आफ्ना फ्यानहरूसँग फिल्मको फस्टलुक सार्वजनिक गरेका हुन् । । यो पोस्टरसँगै अमिताभले फिल्मको रिलिज मिति पनि घोषणा गरेका छन् ।

फिल्मलाई ११ नोभेम्बर २०२२ मा रिलिज गरिने छ । फिल्मको यो फर्स्ट लुक पोस्टरमा ३ जना हिउँले ढाकिएको पहाड चढेको देख्न सकिन्छ । यी तीन पात्र अमिताभ, बोमन इरानी र अनुपम खेर हुन् भन्ने अनुमान गर्न सकिन्छ । यो पोस्टर सामाजिक सञ्जालमा पनि निकै भाइरल भइरहेको छ ।

सुरज बडजात्याको निर्देशनमा बनेको यो फिल्मको कथा तीन साथीमा आधारित छ । फिल्ममा अमिताभका अलावा अनुपम, बोमन, नीना गुप्ता र परिणीति चोपडा पनि मुख्य भूमिकामा छन् ।

अमिताभको फिल्म ‘ब्रह्मास्त्र’ उचाइभन्दा अगाडि रिलिज हुनेछ, जसमा रणवीर कपुर र आलिया भट्ट पनि मुख्य भूमिकामा छन् । यस बाहेक अमिताभ बच्चन चाँडै रश्मिका मन्डन्ना र नीना गुप्ताको साथ फिल्म ‘गुडबाय’ र दीपिका पादुकोणको साथ ‘द इन्टर्न’ रिमेकमा देखिनेछन्।