२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


राष्ट्रिय सभाको बैठक आज बस्दै


117
Shares

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज (सोमबार) बस्ने भएकाे छ ।

साेमबार दिउँसाे १ बजे बस्ने बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेकाे छ ।

त्यस्तै, अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १४९ बमोजिम विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्नुहुने संसद सचिवालयले जनाएकाे छ ।

अध्यक्ष तिमिल्सिनाले नै राष्ट्रिय सभाका विषयगत समितिका सभापतिको निर्वाचनको मिति र समय तोक्ने समेत सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।