२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

ताइवानको समुन्द्री र हवाई क्षेत्रमा नयाँ सैन्य अभ्यास गर्ने


13
Shares

काठमाडौं । चीनले ताइवान वरपरको समुद्री र हवाई क्षेत्रमा नयाँ सैन्य अभ्यास गर्ने चेतावनी दिएको छ ।

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको गत हप्ताको ताइपेइ भ्रमणको विरोधमा रहेको चीनले सैन्य अभ्यासको घोषणा गरेको हो ।

चीनले ताइवानको पानीमुनि चल्ने जहाज र समुद्री आक्रमण विरोधी कार्यहरूमा केन्द्रित भएर अभ्यास गर्ने जनाएको छ । यद्यपि अभ्यासको अवधि र स्थानबारे भने प्रष्ट पारेको छैन ।

ताइवानले टापु वरिपरि चीनले अभ्यास गरेको ६ वटा क्षेत्रहरू नजिक उडान प्रतिबन्धहरू कम गरिसकेको छ ।

यता ताइवानले पनि चीनको घोषणाले आफनो देशलाई केही फरक नपार्ने भन्दै यसको जवाफ दिन आफुहरुले पनि सैन्य अभ्यास गर्ने घोषणा गरी तयारी सुरु गरेको जनाएको छ ।