१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ज्ञानेन्द्र शाहीद्वारा जुम्लाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा


1.885k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता ज्ञानेन्द्र शाहीले जुम्लाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ ।

सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै शाहीले उम्मेदवारी घोषणा गर्नुभएको हो ।

२००७ सालदेखि २०७९ सालसम्म जुम्लाले आफ्ना प्रतिनिधि काठमाडौं पठाए पनि उनीहरूले जुल्मी जनताकाे अर्थपूर्ण प्रतिनिधित्व गर्न नसकेकाे उहाँकाे आराेप छ ।

जुम्लाको आवाज काठमाडौंलाई सुनाउन, जन्मभूमिप्रतिकाे प्रेमका कारण आफूले जुम्लाबाट उम्मेदवारी दिन लागेको बताउनुभयो ।

आफूलाई नेताहरूले राप्रपाको राम्रो उपस्थिति भएको जिल्लाबाट उठ्न भने पनि आफूले जन्मभूमिबाट नै उम्मेदवारी घोषणा गरेको उहाँको भनाइ छ ।

कार्यक्रममा शाहीका समर्थक र पार्टीका शीर्ष नेताहरूले उहाँले निर्वाचन जित्ने विश्वास व्यक्त गरे । जुम्ला जिल्लाले राष्ट्रिय राजनीतिमा पहिचान स्थापित गर्नका लागि जुम्लावासीले सहयोग गर्नुपर्ने उनीहरूको भनाइ छ ।