१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सशस्त्र प्रहरी जवान लागुऔषधसहित पक्राउ


1.235k
Shares

कैलाली । सशस्त्र प्रहरी गण बेहडाका प्रहरी जवान लागुऔषध चरेससहित पक्राउ परेका छन् ।

सुदूरपश्चिम प्रहरी अनुसन्धान समूह आरआइटी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले दुर्गाथली गाउँपालिका–४ बझाङका गणेशप्रसाद जोशीलाई लागूऔषध चरेससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी जवान जोशीलाई धनगढी उपमहानगरपालिका–३ स्थित होटेल सिटीबाट डेढ केजी लागूऔषध चरेससहित पक्राउ गरिएको उहाँले बताउनुभयो ।