१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राष्ट्रमण्डल खेलकुदको २२ औं संस्करण इंग्ल्याण्डमा सम्पन्न


195
Shares

काठमाडौं । ६७ स्वर्ण पदकसहित अष्ट्रेलियालाई च्याम्पियन बनाउँदै राष्ट्रमण्डल खेलकुद अर्थात कमनवेल्थ गेम्सको २२ औं संस्करण इंग्ल्याण्डको बर्मीङ्घममा सम्पन्न भएको छ ।

यही जुलाई २८ तारिखमा सुरू भएको प्रतियोगिता सोमबार सकिएको हो ।

यसपटक ६७ स्वर्णपदकसहित अष्ट्रेलिया च्याम्पियन बन्दा ५७ स्वर्ण जितेको इंग्ल्याण्ड दोस्रो तथा २६ स्वर्णसहित क्यानाडा तेस्रो भयो ।

२२ स्वर्ण पदक जितेको भारत चौथो भयो भने २० स्वर्ण पदकका साथ न्युजिल्याण्ड पाँचौ भयो । प्रतियोगितामा पूर्व बेलायत साम्राज्यमा आवद्ध ७२ देशका खेलाडीहरु सहभागि थिए ।

राष्ट्रमण्डल खेलकुदको २३ औं संस्करण सन् २०२६ मा अष्ट्रेलियाको भिक्टोरियामा आयोजना हुनेछ ।