१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आर्यन सिग्देलले ‘सायरा’ फिल्ममा अभिनय गर्ने


819
Shares

काठमाडौं । अभिनेता आर्यन सिग्देलले ‘सायरा’ फिल्ममा अभिनय गर्ने भएका छन् ।

आइतबार निर्माण कम्पनी डिबिआर मिडिया एण्ड मुभिजसँग उनले ‘सायरा’ फिल्ममा अभिनय गर्नका लागि लिखित सम्झौता समेत गरेका हुन् ।

आगामी असोज महिनाबाट छायांकन गर्ने तयारीमा रहेको फिल्म ‘सायरा’ को ९० प्रतिशत छायांकन अष्ट्रेलिया र १० प्रतिशत छायांकन नेपालमा हुने निर्माण टिमले जनाएको छ ।

रघु परियार प्रस्तुतकर्ता रहेको फिल्म सोसल ड्रामा र लभ स्टोरीमा आधारित रहेको छ । याे फिल्मको कथा रघुले तयार पारेका हुन् । फिल्मलाई भारतीय फिल्मको निर्देशकले निर्देशन गर्ने छन् ।