१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बिचार नमिल्ने दलसँग गठबन्धन नगर्ने : नेम्वाङ


143
Shares

पाँचथर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले आगामी मंसिर ४ गते प्रदेश र संघीय निर्वाचनमा बिचार नमिल्ने दल वा समूहसँग गठबन्धन र तालमेल नगर्ने बताउनुभएको छ ।

पाँचथरको फिदिममा आज मंगलबार प्रेस चौतारी पाँचथरले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेम्वाङले यस्तो बताउनुभएको हो । एमालेले राप्रपा वा अन्य साना दलसँग मिलेर सत्तारुढ गठबन्धनसँग चुनाव लड्ने चर्चा चलेपनि त्यसका लागि गृहकार्य र वार्ता सुरू नभएको उहाँले प्रष्ट पार्नुभयो ।

नेम्वाङले वर्तमान सरकारले नागरिकको पक्षमा काम गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले दूषित गठबन्धन सरकारले सत्ता जोगाउने काम बाहेक अरु केही पनि काम गर्न नसकेको बताउनुभयो ।

सरकारका कमजोरीसँगै एमाले नेतृत्वको सरकारका पालामा भए गरेका राम्रा कामलाई एजेण्डा बनाएर जनतामाझ जाने उहाँको भनाई थियो ।

पत्रकार सम्मेलनमा नेकपा एमालेका नेता योगेश भट्टराईले देशको आर्थिक स्थिति नाजुक रहेको बताउँदै सुधार गर्न यो सरकारले नसक्ने बताउनुभयो ।