
एजेन्सी । दक्षिण भारतीय सुपरस्टार नागार्जुन यतिबेला आफ्नो आगामी फिल्म ‘द घोस्ट’ लाई लिएर चर्चामा छन् ।
फिल्मको छायांकन सकिएसँगै फिल्मको रिलिज मिति सार्वजनिक भएको छ । फिल्मलाई आगामी अक्टोबर ५ मा रिलिज गरिने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
नागार्जुनको फिल्मको उनका फ्यानहरूले लामो समयदेखि प्रतिक्षा गरिरहेका थिए । नागार्जुनको यो वर्ष दुई ठूला फिल्म बक्स अफिसमा लाग्ने भएका छन् । उनी आलिया भट्ट र रणवीर कपूरसँग ‘ब्रह्मास्त्र’ मा देखिदैछन् भने एक्शन अवतारमा फिल्म ‘द घोस्ट’ मा देखिने छन् ।
प्रवीण सत्तारुको निर्देशनमा बनेको यस फिल्ममा नागार्जुन र सोनल चौहान मुख्य भूमिकामा रहेका छन् । नागार्जुन फिल्म द घोस्टमा विक्रम नामक इन्टरपोल अफिसरको भूमिकामा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्