
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद अतहर कमाल मुसलमानले एम अधिकारीको पहिचान सदनले अझै गर्न नसकेको भन्दै आपत्ति जनाउनुभएको छ ।
सांसद मुसलमानले सदनमा पटक–पटक उठेको एम अधिकारी को हुन् ? भन्ने विषय आम जनताको पनि सरोकारको विषय भएकाले त्यसको तत्काल पहिचान गर्न जरुरी रहेको बताउनुभयो ।
मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उहाँले एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर हुन वा होइनन् ? भन्ने कुरा आम जनताको पनि सरोकारको विषय भएकाले त्यसको पहिचान गर्न संसदले ढिलाइ गर्न नहुने बताउनुभयो ।
उहाँले प्रश्न गर्नुभयो, ‘सदनमा पटक–पटक उठेको विषयमा हामीले गएर जनताको बीचमा के जवाफ दिने हो ? एम अधिकारी को हुन् ? महाप्रसाद अधिकारी हुन् कि, माधव अधिकारी हुन् ? राष्ट्र बैंकका गभर्नर हुन् वा कुनै कृषक हुन् ?’
प्रतिक्रिया दिनुहोस्