१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अशोक राईले सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने घोषणा


91
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद् अध्यक्ष अशोक राईले सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने घोषणा गर्नुभएको छ ।

मंगलबार धरानमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राईले नेकपा (एमाले)को असफलताका कारण वर्तमान सत्ता गठबन्धनले सरकारको नेतृत्व गरेको बताउनुभयो ।

उहाँले आगामी प्रदेश र संघको निर्वाचनमा सत्ता साझेदार गठबन्धन संयक्त रूपमा चुनावी मैदानमा उत्रने बताउनुभयो ।

राईले सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा केही समस्या भएकाले यसको समाधानका लागि पहल भइरहेको जानकारी गराउनुभयो ।

२०७४ को संसदीय निर्वाचनमा धरानका जनताले आफूलाई दोस्रो स्थान दिएर माया गरेकाले आफू पुनः यहिबाट चुनाव लड्ने मनसाय बनाएको बताउनुभयो ।

राईले केहि दलहरूले राजतन्त्र र संघीयता खारेजीको गलत कुरा उठाएको बताउँदै जनताले आन्दोलन गरेर ल्याएको गणतन्त्र संस्थागत भइसकेकाले राजतन्त्रको दिवास्वपना नदेख्न चेतावनी दिनुभयो ।