१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दक्षिण कोरियामा ८० वर्षयताकै ठूलो वर्षा, बाढीले ८ जनाको मृत्यु


507
Shares

एजेन्सी । दक्षिण कोरियामा भारी वर्षापछि आएको बाढीमा ८ जनाको मृत्यु भएको छ ।

बाढीका कारण ठाउँ–ठाउँमा घर भत्कँदा १४ जना घाइते भएका छन् । दक्षिण कोरियाको राजधानी सिओल बाढीको चपेटामा पर्दा हजारौं विस्थापित भएका हुन् ।

नदीको सतह बढेर बस्तीसम्म प्रवेश गर्दा उनीहरू विस्थापित भएका हुन् । बाढीका कारण मेट्रो, रेलवे सेवा, हवाई लगायत सार्वजनिक यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ ।

पार्किङमा राखिएका निजी सवारीसाधन बाढीले बगाउँदा लाखौंको क्षति भएको छ । दक्षिण कोरियामा ८० वर्षपछि यति भारी बर्षा र बाढी आएको त्यहाँको मौसमविद्हरूले बताएका छन् ।

यसैबीच, दक्षिण कोरियाका राष्ट्रपति युन सुक एउलले बाढीग्रस्त क्षेत्रको निरीक्षण गर्नुभएको छ । बाढीबाट बिस्थापित भएकाहरूलाई स्थानीय विद्यालयमा राखिएको छ ।