
म्याग्दी । जिल्लाका एक कृषकले पालेको भैंसीले मंगलबार दुईवटा टाउको भएको पाडो जन्माएको छ ।
बेनी नगरपालिका–५, डडुवाका किसान होमबहादुर खत्री ‘राजु’ले पालेको भैंसीले दुई वटा टाउको भएको पाडो जन्माएको हो ।
दुईवटा टाउकासँगै दुई मुख र चार आँखा स्पष्ट छुट्टिएको पाडो बच्न भने नसकेको खत्रीले बताउनुभयो । भैंसीको अवस्था भने सामान्य छ ।
यता भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु प्राविधिक सुवास रेग्मीले जिनको समस्या हुँदा यस्तो अवस्थामा आउने बताउनुभयो ।
‘यस्तो कमै हुन्छ, यस्तो अवस्थामा जन्मिएका पाडापाडी जीवित हुने सम्भावना न्यून हुन्छ’, रेग्मीले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्