१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनकुटामा आदिवासी संस्कृत संग्रहालय उद्घाटन


78
Shares

धनकुटा । जिल्लामा निर्माण गरिएको आदिवासी संस्कृत संग्रहालयको उद्घाटन गरिएको छ ।

२८औं अन्र्तराष्ट्रिय विश्व आदिवासी दिवसको अवसरमा धनकुटाका नगरपालिकाका प्रमुख चिन्तन तामाङले संग्रहालयको उद्घाटन गर्नुभयो ।

प्रदेश सरकार, स्थानीय तह र विभिन्न संस्था तथा व्यक्तिको करिब २५ लाखको सहयोगमा संग्रहालय निर्माण गरिएको हो ।

संग्रहालयमा आदिवासी जनजातीका पुरातात्त्विक वस्तु, सामग्री, पहिचान झल्कने वस्तुको संग्रह गरिएको आदिवासी जनजाती महासंघ, धनकुटाका अध्यक्ष संजयसन्तोषी राईले जानकारी दिनुभयो ।