
काठमाडौं । नेकपा (एमाले)का सांसद खगराज अधिकारीले आगामी निर्वाचनपछि संविधानले तोकेको सीमा भन्दा बढी सांसदहरू हुने जोखिम रहेको बताउनुभएको छ ।
मंगलबार संसद बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद अधिकारीले मनोनयन दर्ता गर्ने सांसदहरूको समय दर्तागरेपछि सकिए पनि मनोनयन नगर्ने सांसदरूको समय आगामी फागुन २१ गतेसम्म रहनसक्ने बताउनुभयो ।
सांसद अधिकारीले कुनै पनि मनोनयन दर्ता नगराएका सांसद फागुन २१ गतेसम्म सांसद हुन पाउनुपर्छ भनेर मुद्दा हाल्न गएमा सांसदको संख्या संविधानले तोकेको भन्दा बढी हुने खतरा रहेको उल्लेख गर्नुभयो ।
अधिकारीले आगामी निर्वाचनमा राष्ट्रिय स्वाधिनता र स्वाभिमानको लडाईंमा र भूराजनीतिमा नेपालको अस्तित्व रहनेकी नरहने भन्ने लडाईंमा विदेशीका लागि कम्फरटेबल हुनेहरू र देशका लागि कम्फरटेबल हुनेहरूबीचको प्रतिष्पर्धा हुने बताउनुभयो ।
‘मनोनयन दर्ता गरेपछि प्रतिधिसभाको अवधि सकियो भन्नेछ, मनोनयन दर्ता नगर्नेको फागुन २१ गते भनेर व्याख्या गर्न बेर छैन, शपथ खाएको दिनसम्म भन्न बेर छैन,’ उहाँले भन्नुभयो, ‘सांसदहरू संविधानले तोकेको भन्दा बढी हुने भए, निर्वाचित भएर आएका र शपथ २१ गते भएकोले ती पनि हुने भए ।’
सांसद अधिकारीले आगामी संघ र प्रदेश सदस्य निर्वाचनमा आफ्नो निर्वाचन चिन्ह र विचारसँग सहमत हुनेहरुसँग कतिपय ठाउँमा मिलेर जाने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्