१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गठबन्धनबाट बाहिरिँदै बिहारका मुख्यमन्त्री नीतिश कुमारद्वारा राजीनामा


1.664k
Shares

एजेन्सी । भारतको बिहारका मुख्यमन्त्री नीतिश कुमारले पदबाट राजीनामा दिएका छन् ।

राज्यपाल फागू चौहानसँगको भेट गर्दै कुमारले राजीनामा बुझाएका हुन् । राज्यपालसँगको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै कुमारले राजीनामा दिएको पुष्टि गरे ।

जनता दल युनाइटेड सबै सांसदले भारतीय जनता पार्टी (बिजेपी)सँगको मतभेदका कारण राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)बाट अलग हुने निर्णय गरेको हो ।

मंगलबार जनता दल युनाइटेडले सांसदहरूको बैठक बोलाएको थियो । बैठकको निर्णयपछि नै आफूले राजीनामा दिएको नीतिश कुमारले बताएका छन् ।

राजीनामासँगै नीतिश कुमारको पार्टी जनता दल युनाइटेडले राष्ट्रिय जनता दलको समर्थनमा नयाँ सरकार बनाउने अनुमान गर्न थालिएको छ । कांग्रेस र अन्य विपक्षी दलले पनि नीतिश कुमारलाई साथ दिने संकेत गरिसकेका छन् ।

राज्यपाललाई राजीनामा दिएपछि नीतिश कुमार पूर्वमुख्यमन्त्री एवं राष्ट्रिय जनता दलकी अध्यक्ष राबडीदेवी यादवको घरमा पुगेका छन् । उनीहरूबीच नयाँ सरकार गठनको विषयमा छलफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसैबीच एनडीएको नेतृत्वकर्ता भारतीय जनता पार्टीले नीतिश कुमारको राजीनामालाई बिहारका जनता र पार्टीलाई दिएको धोकाको रूपमा व्याख्या गरेको छ । बिजेपीका बिहार अध्यक्ष सञ्जय जायसवालले जनादेश र बिजेपीलाई धोका दिइएको बताए ।