
काठमाडौं । क्राइमियाको एउटा सैन्य आधारमा भएको श्रृंखलावद्ध विष्फोटमा परी एक जनाको मृत्यु भएको छ ।
साेही विष्फोटमा परी कैयौं घाइते भएको आशंका गरिएको छ । क्राइमियाको साकिस्थित सैन्य आधार शिविरमा श्रृंखलावद्ध विष्फोट भएको हो ।
रुसी रक्षा मन्त्रालयले भने गोला बारुद राखिएको गोदाममा विष्फोट भएको र त्यहाँ कुनै ठूलो क्षति नभएको भन्दै कुनै बाहिरी तत्वबाट विष्फोट नगराइएको बताएको छ । त्यहाँका संचार माध्यमहरुले स्थानीय समय अनुसार बिहान ३ बजेको समयमा कम्तिमा एक दर्जन पटक विष्फोटको आवाज आएको थियो ।
उता, युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले भने क्राइमियालाई कहिल्यै त्याग्न नसक्ने बताउनुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्