
काठमाडौं । मंगलबार राति चीन प्रस्थान गर्नु भएका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच आज बुधबार द्विपक्षीय वार्ता हुने भएको छ ।
मन्त्री खड्काले बुधबार चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्न लाग्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चीनको छिङताओ सहरमा हुने वार्तामा नेपाल–चीन सम्बन्धका विभिन्न विषयबारे छलफल हुने बताइएको छ ।
नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै परराष्ट्र मन्त्री खड्का मंगलबार राति चीन प्रस्थान गर्नु भएको हो । नेपाली प्रतिनिधि मण्डलमा परराष्ट्रसहित, गृह, भौतिक पूर्वाधार, वाणिज्य र अर्थ मन्त्रालयका उच्च अधिकारी सहभागी छन् ।
टोली भोेलि बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्