
काठमाडौं । नेपाली फिल्मका छायाँकार विदुर पाण्डेको निधन भएको छ ।
५५ वर्षीय पाण्डेको आज बुधबार बिहान हृदयघातको कारण निधन भएको हो । काठमाडौंको गंगालाल अस्पातल लैजाँदै गर्दा उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
लामो समय टेलिभिजन तथा म्युजिक भिडियोमा काम गरेका पाण्डे पछिल्लो समय फिल्म छायांकनमा व्यस्त थिए । उनले १५ सय भन्दा बढि म्युजिक भिडियोको छायांकन गरेका छन् । पाण्डे पहिलो नेपाली डिजिटल फिल्म ‘कागबेनी’का छायाँकार हुन् ।
उनले कागबेनी सहित, ‘स्वर’, ‘भुइँमान्छे’, ‘मेरो बेस्ट फ्रेन्ड’, ‘पण्डित बाजेको लौरी’, ‘जंग बहादुरको कोट’ लगायतका फिल्महरु छायांकन गरेका छन् ।
उनका एक छोरा र श्रीमती रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्