७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


बालाजुकाे एक जुत्ता कारखानामा आगलागी


975
Shares

काठमाडौं । बालाजु बाइपासधारामाको वान वर्ल्ड जुत्ता कारखानामा आज (बुधबार) आगलागी भएको छ ।

आगलागी नियन्त्रणका गर्नका लागि प्रहरी टोली परिचालन भइसकेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

आगलागी नियन्त्रणका लागि एउटा दमकल घटनास्थल पठाइसकिएको छ । आगो निभाउने प्रयास भइरहेको पनि प्रहरीले जनाएको छ ।

घटनाको थप विवरण आउन भने बाँकी छ ।