१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वदेश फर्किँदै


117
Shares

काठमाडौं । जापान भ्रमणमा रहनु भएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुधबार स्वदेश फर्किँदै हुनुहुन्छ ।

गत शुक्रबार नेपाली जनप्रगतिशील मञ्चको निमन्त्रणमा जापान जानु भएका प्रचण्डसहितको टोली बुधबार दिउँसो साढे ३ बजे काठमाडौं आइपुग्ने उहाँको सचिवालयले जनाएको छ ।

टोलीमा अध्यक्ष प्रचण्डसँगै उहाँका स्वकीय सचिव रमेश मल्ल, प्रेस संयोजक सूर्य किरण र निजी सचिव गङ्गा दाहाल रहेका छन् ।

जापानमा रहँदा विभिन्न कार्यक्रममा सहभागी हुनु भएका प्रचण्डले त्यहाँको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता एवं नेपाल जापान संसदीय समितिका सभापति तोसिहिरो निकाईसँग भेटवार्ता गर्नु भएको थियो ।