
धनकुटा । नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री भानुभक्त ढकालले एमाले देशको निर्विकल्प शक्ति भएको दाबी गर्नुभएको छ ।
बुधबार धनकुटामा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा नेता ढकालले स्थानीय तहमा जनताले एमालेलाई दिएको भोटले एमाले देशको निर्विकल्प शक्ति भएको बताउनुभयो ।
नेता ढकालले एक धुव्रको नेतृत्व एमालेले गरेको र अर्को धुव्रको नेतृत्व कांग्रेसले गरेको बताउँदै गठबन्धनमा रहेका अन्य दलको भूमिका शून्य रहेको बताउनुभयो ।
कांग्रेसको पछि लागेका अन्य दलहरूले कांग्रेसमा सहमहित भएको औपचारिका घोषणा गर्न मात्र बाँकी रहेको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्