२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


वरिष्ठ पर्यटनकर्मी ज्योतिलाल खन्नाको निधन


728
Shares

काठमाडौं । वरिष्ठ पर्यटनकर्मी ज्योतिलाल खन्नाको ८३ वर्षको उमेरमा निधन भएको छ ।

खन्नाको मंगलबार राति भारतको नयाँदिल्लीस्थित आफ्नै निवासमा हृद्यघातबाट निधन भएको वरिष्ठ पर्यटन व्यवसायी विजय अमात्यले जानकारी दिनुभयो ।

खन्नाले नेपालको पर्यटन क्षेत्रमा ४५ वर्ष भन्दा बढी योगदान दिनुभएको थियो ।

पाकिस्तानको लाहोरमा सन् १९३९ मे १० मा जन्मिनुभएका खन्नाले ६२ वर्ष अघि नेपाल आएर पर्यटन क्षेत्रलाई कर्मथलो बनाउनुभएको थियो ।

नेपालमा पहिलो पटक चार्टर्ड उडान सञ्चालन गर्ने खन्नालाई नेपालमा कन्कर्ड जहाज भित्र्याएर नेपाली पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने काम गरेको श्रेय पनि जान्छ ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसनका संस्थापक सदस्य तथा कोषाध्यक्ष खन्नाले यती ट्राभल्समा समेत लगानी गर्नुभएको थियो ।

एक श्रीमती र एक छोरा भएका खन्नाले अवकास जीवन नयाँदिल्लीमा बिताइरहनुभएको थियो ।