२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


काठमाडौं महानगरको ४४ प्रतिशत बजेट खर्च


13
Shares

काठमाडौं । गत आर्थिक वर्षमा काठमाडौं महानगरले ४४ प्रतिशत बराबर मात्र बजेट खर्च गरेको छ ।

बुधबार महानगरको आर्थिक वर्ष २०७८/७९ को वार्षिक समीक्षा बैठकमा उक्त जानकारी गराइएको हो ।

गत आर्थिक वर्षका लागि कामपाले १६ अर्ब ५२ करोड बढी बजेट विनियोजन गरेको थियो । जसमा जम्मा ७ अर्ब ३१ करोड बराबर खर्च भएको महानगरले जनाएको छ ।

बैठकमा महानगर प्रमुख बालेन्द्र साहले चालु आर्थिक वर्षमा स्वीकृत कार्यक्रमलाई कार्ययोजना र समय तालिका बनाएर कार्यान्वयन गराउनुपर्नेमा जोड दिनुभयो ।

गएको वर्ष स्वीकृत नीति तथा कार्यक्रमका आधारमा कार्यान्वयन गरिएका र गर्न नसकिएका कार्यक्रमको मूल्याङ्कनका लागि समीक्षा बैठक आयोजना गरिएको जनाइएको छ ।