१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फिल्म ‘होली काउ’ को ट्रेलर सार्वजनिक


325
Shares

एजेन्सी । बलिउड अभिनेता सञ्जय मिश्र र नवाजुद्दीन सिद्दिकीको आगामी फिल्म ‘होली काउ’ को ट्रेलर सार्वजनिक भएको छ ।

फिल्मको ट्रेलर सार्वजनिक गर्दै निर्माण पक्षले फिल्म रिलिज मिति पनि घोषणा गरेको छ । यो फिल्म २६ अगस्ट २०२२ मा रिलिज हुनेछ ।

यो एक कमेडी फिल्म हो, जसको कथा गाई हराएको घटनामा आधारित छ । यो फिल्मलाई साई कबिरले निर्देशन गरेका हुन् ।

योसँगै नवाजुद्दीनकी पत्नी आलिया सिद्दीकी पनि यही फिल्मबाट फिल्मी संसारमा डेब्यु गर्दैछिन् ।