१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रामबाबुको निर्देशनमा ‘फूलबारी’ बन्ने, भदौदेखि सुटिङ


728
Shares

काठमाडौं । सर्वाधिक हिट ‘कबड्डी’ फिल्म सिरिजका निर्देशक रामबाबु गुरुङले‘फूलबारी’ फिल्म बनाउने भएका छन् ।

काठमाडौंमा भएकाे एक कार्यक्रममा निर्देशक गुरुङले फिल्मको सुटिङ भदौदेखि गरिने जानकारी दिए । साथै उनले फिल्मका कलाकारहरूको पनि नाम सार्वजनिक गरेका छन् ।

फिल्ममा दयाहाङ राई, विपीन कार्की, प्रियंका कार्की, मिरुना मगर, सिर्जना सुब्बा, अरुणा कार्की लागायत कलाकार रहनेछन् । अभिनेत्री प्रियंका कार्की करिब दुई वर्षपछि उक्त फिल्मबाट कमब्याक गर्दै छिन् ।

मनिष ढकालको निर्माण रहने फिल्ममा मणिराम पोखरेल कार्यकारी निर्माता रहनेछन् । फिल्मको कथा उपेन्द्र सुब्बाले लेखेका हुन् भने फिल्ममा संगीत कालीप्रसाद बास्कोटा र अनुपम शर्माको रहनेछ ।

यशोधा फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यस फिल्ममा सामाजिक कथावस्तु प्रस्तुत गरिने छ ।