९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


कोरोना संक्रमणबाट एकैदिन ५ जनाको मृत्यु, ८१५ जना संक्रमित


1.235k
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ८ सय १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने ५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ३४ जनाको नमूना परीक्षण गरिएको थियो ।

२ हजार ४ सय ११ जनाको पीसीआर र २ हजार १ सय २३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार ४ सय ७६ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ हजार ८ सय ६९ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।