१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डा. भट्टराईलाई समाजवादी केन्द्रको नेतृत्व गर्न प्रस्ताव


2.119k
Shares

काठमाडौं । नेपाल समाजवादी केन्द्रका अध्यक्ष मण्डल सदस्य युवराज सफलले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई समाजवादी केन्द्रको नेतृत्व गर्न प्रस्ताव गर्नुभएको छ ।

सिंहदरबारस्थित नेपाल समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा भएको भेटमा सफलले समाजवादी केन्द्रको नेतृत्व गर्न प्रस्ताव गर्नुभएको हो ।

जवाफमा डा. भट्टराईले आफ्नो पार्टी भर्खरै पुनर्गठन भएकोले आ–आफ्नै पार्टी दर्ता गरेर जाने बताउनुभयो । भविष्यका कुनै पनि अवस्थामा गठबन्धन गर्नसकिने धारणा उहाँले राख्नुभएको सफलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भेटमा वर्तमान राजनीतिक अवस्था, समाजवादी केन्द्रको गठन, चुनावी तालमेल र गठबन्धनको विषयमा कुराकानी भएको थियो ।

समाजवादी आन्दोलनमा सँगै जानेबारेमा समेत दुई नेताबीच छलफल भएको विज्ञप्तिमा उल्लेख छ ।