
एजेन्सी । जापानमा एकैदिन २ लाख ५० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
एकैदिन २५१ जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । जापानको स्वास्थ्य मन्त्रालयका अनुसार विगत ३ महिनाको तथ्याङ्क हेर्ने हो भने यो संख्या सबैभन्दा बढी हो ।
अगष्ट ३ तारिखमा २ लाख ४९ हजार ८३० जना सक्रमित भएकोमा अहिले संक्रमितको संख्या बढेको हो ।
जापानमा कारोना भाइरसको नयाँ उप प्रजाति ‘बिए.५’ थप द्रुत गतिमा फैलिएको बताइएको छ । जापानका ४७ मध्ये २० प्रान्तमा पछिल्लो समय कोरोना संक्रमण फैलिएको छ ।
प्रतिक्रिया दिनुहोस्