
काठमाडौं । काठमाडौं महानगरपालिकाले भित्री शहरका १२ वटा वडाको फोहोर बिहिबार राति उठाएको छ ।
महानगरपालिकाले नेवार समुदायको प्रमुख पर्व गाईजात्रा सुरु हुनु भन्दा अघिल्लो रात भित्री शहरी क्षेत्रमा पर्ने १२ वटा वडाको फोहोर सबै उठाएको हो । तत्कालका लागि फोहोर टेकुस्थित ट्रान्सफर केन्द्रमा लगेर राखिएको काठमाडौं महानगरले जनाएकाे छ ।
महानगरपालिकाको बिहिबार बसेको कार्यपालिका बैठकमा वडा सदस्यहरुले कम्तिमा गाईजात्रा नगर परिक्रमा गर्ने क्षेत्रको फोहोर जसरी पनि उठाउनु पर्ने भनेपछि महानगपालिकाले रातारात भित्री शहरको फाहोर उठाएको हो ।
कार्यपालिकाको बैठकमा मेयर बालेन्द्र साह बालेनले आजैदेखि बञ्चरेडाँडाको गतिरोध खोल्ने गरी कुरा भईरहेको जानकारी दिनुभएको थियो । बञ्चरेडाँडाका स्थानीयले नयाँ-नयाँ माग राख्दै अवरोध गरिरहेकाले उपत्यकामा हप्तौंदेखि फोहोर थुप्रिदै आएकाे छ ।
प्रतिक्रिया दिनुहोस्