२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मलेसियामा एकैदिन ४८३१ जनामा कोरोना सङ्क्रमण, दश जनाको मृत्यु


117
Shares

एजेन्सी । मलेसियामा बिहीबार रातिसम्म थप चार हजार आठ सय ३१ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

यहाँका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार गएको एकै दिनमा यहाँ १० जनाको ज्यान पनि गएको छ ।

यहाँ भेटिएका पछिल्लो दिनका यी सङ्क्रमितहरू प्राय सबैजसो देशभित्रैका रहेका छन् ।

मलेसियाको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार यहाँ कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि अहिलेसम्म कम्तीमा पनि ३६ हजार जनाको निधन भएको छ ।

त्यसैगरी सो मन्त्रालयले यहाँ अहिलेसम्म ४७ लाख भन्दा बढीमा सो सङ्क्रमण पाइएको पनि जनाएको छ ।

मलेसियाली सरकारले कोरोना विरुद्धको खोपलाई प्राथमिकतामा राखेर लगाउने गरेकाले यहाँका सङ्क्रमतिहरूमा मृत्यु दर भने निकै कम रहेको पनि बताइएको छ ।