१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


च्याम्पियन्स लिगको ‘प्लेयर अफ दि इयर’को मनोनयन सार्वजनिक


455
Shares

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलको प्लेयर अफ दि इयरको मनोनयन सार्वजनिक भएको छ ।

युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले शुक्रबार मनोनयन सार्वजनिक गरेको हो ।

सार्वजनिक गरेको पुरुषको प्लेयर अफ दि इयर मनोनयन तर्फको शीर्ष तीनमा रियल मड्रिडका करिम बेन्जिमा, म्यानचेस्टर सिटीका केभिन डे बु्रएना र रियलकै थिवाउट कोर्टुवा रहेका छन् ।

चर्चित खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो मनोनयन सूचीको शीर्ष १५ मा अटाएका छैनन् । शीर्ष १५ मा रोबर्टो लेवान्डोस्की, लुका मोड्रिच, साडियो माने, मोहमद सलाह, केलियन एमबाप्पे, भिनिसियस जुनियर, भिर्गिल भान डाइक, बेर्नार्डो सिल्भा, फिलिप कोस्टिक, लोरेन्जो पेल्लिग्रेनी, ट्रेण्ड आर्नोल्ड र फाबिन्हो रहेका छन् ।

यस्तै, कार्लो एन्सेलोटी, पेप ग्वार्डिओला र योर्गन क्लोप प्रशिक्षकतर्फको शीर्ष ३ मा मनोनित भएका छन् ।