
काठमाडौं । अमेरिकाको न्यूयोर्कमा चर्चित लेखक सलमान रुस्दीमाथि आक्रमण भएको छ ।
आक्रमणमा परी लेखक सलमान गम्भीर घाइते भएका हुन् । चौतौकुवा इन्स्टिच्युटमा बोलिरहेका बेला ७५ वर्षीय लेखक सलमानमाथि स्टेजमै आक्रमण भएको हो । न्यूयोर्क प्रहरीका अनुसार एक पुरुषले स्टेजमा पुगेर सलमानमाथि आक्रमण गरेका थिए । आक्रमणले सलमानको घाँटीमा चोट लागेको प्रहरीले जनाएको छ ।
सलमानलाई हेलिकाेप्टरबाट नजिकैको अस्पताल लगिएको थियो । उनको अवस्था अहिले गम्भीर रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । भेन्टिलेटरमा रहेका लेखक सलमान बोल्न नसक्ने अवस्थामा रहेको जारी वक्तव्यमा उल्लेख गरिएकाे छ ।
सलमानमाथि विगत लामो समयदेखि इस्लामिक समूहबाट हत्याको धम्की आउने गरेको थियो । सन् १९९८ मा प्रकाशित भएको ‘द सटानिक भर्सेज’ उपन्यासपछि उनीमाथि ज्यान मार्ने धम्की आउने गरेको थियो । प्रहरीले आक्रमणमा संलग्न भएको अभियोगमा २४ वर्षका हादी मातरलाई न्यु जर्सीको फेयरभ्यूबाट पक्राउ गरेको छ।
प्रतिक्रिया दिनुहोस्