१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


अल्लु अर्जुनले गरे पान मसालापछि रक्सी कम्पनीको विज्ञापन अस्वीकार


1.729k
Shares

एजेन्सी । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनले पान मसलाको (सुर्तीजन्य ) विज्ञापन पछि रक्सी कम्पनीको विज्ञापन गर्न अस्वीकार गरेका छन् ।

साउथ इन्डष्ट्रिका ट्रेड एनालिस्ट मनोबाला विजयबालनका अनुसार अल्लुलाई रक्सी कम्पनीले १० करोड भारुको अफर दिएको थियो । साउथका निकै नाम चलेका कलाकारले कुनै पनि ब्रान्डलाई एन्डोर्स गर्नका लागि ७.५ करोड भारु लिने गर्छन् ।

मनोबालाले अल्लुलाई सिद्धान्तलाई पालना गरेकोमा बधाई दिँदै अल्लुको प्रशंसा गरेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार अल्लुले सुर्ती कम्पनीको करोडौँको विज्ञापनको प्रस्ताव अस्वीकार गर्दै भनेका थिए, ‘म प्रशंसक बीच कुनै पनि गलत कुराको प्रोमोट गर्न चाहन्नँ । म आफैँ पनि सुर्तीजन्य पदार्थ खान्नँ । त्यसैले यो कम्पनीको ब्रान्ड एन्डोर्समेन्ट गर्न अस्वीकार गरेँ ।’

जुन कुराको उनी आफैँले प्रयोग गर्दैनन्, त्यसको विज्ञापन किन गर्ने भन्ने सोचका कारण अल्लुले विज्ञापनको प्रस्ताव अस्वीकार गरेको उनी बताउँछन् ।