
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर आज शनिबार नेपाल आउँदै छन् । नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षक प्रभाकर शनिबार बेलुका ६ः१० बजे नेपाल आईपुग्ने जनाएको छ ।
मुख्य प्रशिक्षक पुबुदु दासानायकेले केही साता अघि राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नियुक्त गरेको हो । क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको जनाएको छ ।
नेपालको मुख्य प्रशिक्षकका रुपमा प्रभाकरको पहिलो प्रतियोगिता केन्याविरुद्धको रहने छ । मनोजको प्रशिक्षकत्वमा नेपालले केन्याविरुद्ध ५ खेलको टी–२० आई सिरिज र तीन खेलको एकदिवसीय अभ्यास सिरिज खेल्नेछ । खेलहरु अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्