
काठमाडौं । संसदीय मर्यादालाई संसारभर उच्च गरिमाका साथ हेरिन्छ । सासंदहरुले अमर्यादित क्रियाकलाप गर्नुलाई देशकै लज्जाको विषय मानिन्छ ।

यस्ता क्रियाकलापले संसदीय मर्यादाको खिल्ली त उडेको छ नै साथै सामाजिक सञ्जालमा पनि ट्रोल बन्छन् यस्ता दृश्यहरु ।

तानातान, ठेलाम्ठेल, धकेलाधकेल यस्ता दृश्यहरु संसदका लागि नौलो होइनन् । आरोप, प्रत्यारोपका कुरा त संसदमा सामान्य बनिसके ।

तर पनि यस्ता दृश्य हेर्दा रोचक लाग्छ । किनभने नीति नियम बनाउने ठाउँ र बनाइरहेका व्यक्तिहरुको हरेक क्रियाकलाप चासोको विषय हुन्छन् ।

यस्ता दृश्यले कौतुहलता र मनोरञ्जन भने दिएका हुन्छन् नै । कतिपय संसदका दृश्यले कमेडी चलचित्रका दृश्यलाई समेत मात खुवाउँछ ।

एकातिर संसदीय विषयहरुमा छलफल र अर्कोतिर पछाडि बेन्चमा बसेर सांसदहरु गफिएका देखिन्छन् भने कोही फोनमा ब्यस्त त कोही निदाइरहेका पनि ।

यस्ता दृश्यले बाल्यकालमा विद्यालयको पठनपाठनका बेलाको याद दिलाउँछ ।

आरोप/प्रत्यारोपको व्यंग्य त छँदैछ तर अर्कोतिर भने संसदीय मर्यादालाई नै सांसदका गतिविधिले व्यंग्य गरेको दृश्यको रोचकता संसदमा नै देख्न सकिन्छ ।

संसद बैठकका धेरै समय कुर्सीहरु खाली नै हुन्छन् । सांसदहरु फोन र गफमा व्यस्त अनि निन्द्रामा मस्त ।







तस्विर : न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्